संसद्को अधिवेशन चैत्र १९ गते बोलाउन राष्ट्रपतिसमक्ष शिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, १६ चैत्र । सरकारले संसद्को अधिवेशन यही चैत्र १९ गते बोलाउनको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम अब राष्ट्रपतिले सोही मितिमा अधिवेशन आह्वान गर्नेछन् ।