बालेन सरकारलाई सूर्य थापाले कठपुतली सरकारको संज्ञा दिए,‘यी सबै ढाडेलाई भीरबाट फालिनेछ’


काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद सूर्य थापाले बर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई कठपुतली सरकारको संज्ञा दिएका छन् । उनले कठपुतली सरकारले बचनका काम गरेको र फासिस्ट हर्कत गरेको भनेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विषयमा उनको यो टिप्पणी आएको हो । उनले फेशबुकमा लेखेका छन्–‘कठपुतली सरकारका बचकना काम र फासिस्ट हर्कतलाई एकदम नजिकबाट नियालिरहेका छौं।डोको सुरक्षित राख्नुहोला महाशय,जसमा यी सबै ढाडेलाई भिरबाट फालिने छ ।’