काठमाडौं, चैत १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । ठाकूर लामिछानेलाई भेट्न आज बिहान उनको निजी निवास बुढानिलकण्ठ पुगेका थिए । उक्त भेटमा देशको वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको रास्वपाले जनाएको छ ।
भेटका क्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्षबीच छलफल भएको जनाइएको छ । अहिले रास्वपा सभापति लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु शाहबीच भेटवार्ता जारी छ ।




प्रतिक्रिया