प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, दबावमा नपरी काम गर्न निर्देशन


काठमाडौं, १७ चैत्र । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन् । प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलले हिजो साँझ भेटवार्ता गरेका हुन् । सो भेटमा मुलुकमो समग्र आर्थिक अवस्था सुधारका प्राथमिकता र आगामी रणनीतिबारे विस्तृत छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कसैको प्रभाव र दबाबमा नपरी काम गर्न निर्देशन दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर पौडेलबीच पनि आज/भोलि नै भेटवार्ता हुने तयारी भएको छ । पौडेललाई अघिल्लो कांग्रेस–एमाले सरकारको पालामा गभर्नरमा नियुक्त गरिएको थियो । file photo