कांग्रेस प्रवक्ता चालिसेको टिप्पणी : पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ


काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन सबैले पालना गर्नुपर्ने बताएका छन् । उनले प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिएको भएपनि यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउने बताएका छन् । उनले फेशबुकमपार्mत पार्टीको अनुशासन सबैले पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भनेका छन्–‘जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन, महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुन्छ, नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ। आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौं ।’

Skip This

Omoda E5 Pro