रिपोर्टर्स क्लब आफैंमा जेन–जी विद्रोहबाट जन्मिएको संस्था हो, यो इतिहासको निर्माणकर्ता पनि हो : पत्रकार कुसुम भट्टराई (भिडिओ–सहित)


काठमाडौं, १७ चैत्र । पत्रकार कुसुम भट्टराईले क्लबको स्थापना आफैंमा एउटा जेनजी विद्रोहजस्तै थियो भनेर सम्झिएका छन् । सुरुवातदेखि नै क्लबकमा आवद्ध वरिष्ठ पत्रकार भट्टराईले क्लबले प्रेस स्वतन्त्रता, विधिको शासन, कानूनी राज्य, लोकतन्त्रको रक्षा र सुशासनको लागि खेलेको भूमिकाको पनि मुक्तकण्ठले प्रशंसा गरे ।

क्लबको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने,‘त्यतिवेला सम्पादक समाज खुलिसकेको थियो, पाका पत्रकारहरुको समाज थियो त्यो, हामीजस्तो ऋषिजी र मजस्ता युवाहरुको लागि त्यहाँ अलिक सहज थिएन, हामीले विद्रोह गरेर रिपोर्टरहरुको पनि क्लब खोल्नुपर्छ भनेर खोलेको हो । क्लब भनेको आफैंमा इतिहासको साक्षी पनि हो, इतिहासको अंग पनि हो । ईतिहासको निर्माण पनि हो । आज यो संस्था २९ वर्षमा प्रवेश गरेकोमा खुशी छु ।’

पत्रकार भट्टराईले क्लबलाई नेपाली मिडिया र राजनीतिक इतिहासको निर्माणर्ताको संज्ञा दिएका छन् । उनले भने,‘यो संस्थामा स्थापनाकालदेखि नै आवद्ध हुन पाएँ, म खुशी छु । धेरै धरै शुभकामना ।’