काठमाडौं, १७ चैत्र । राजनीतकि विश्लेषक वोधराज न्यौपानेले क्लब भनेको लोकतन्त्रको लागि पावन भूमि नै भएको बताएका छन् । उनले क्लब जनताको आवाज बोल्ने जीवन्त थलो भएकोले आगामी दिनमा अझै प्रभावकारी भूमिका खेल्नको लागि सुझाव दिएका छन् ।
क्लबको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने,‘यसले अनवरत रुपमा जनतालाई चेतना दिने काम गरेको छ । ऋषि धमलालाई हामीले क्याविनेटभित्रको रिपोर्टदेखि र भुईंमान्छेको आवाज बोल्ने पत्रकारको रुपमा चिनेका छौं । उहाँले चुनावमा १० भोटमात्रै ल्याउनेलाइ पनि फोरम र यो प्लेटफर्म दिनुभएको छ । म आज यो मञ्चमा उभिएर यसको २९ वर्ष प्रवेशको कार्यक्रममा बोल्न पाउँदा खुशी छु । प्रजातन्त्र सुरु भएपछि २०५४ क्लब खुल्यो । जनताको आवाज मज्जाले दिन थाल्यो । यो प्लेटफर्म चेतना दिने थलो हो । क्लब अझै जीवन्त रहोस ।’




प्रतिक्रिया