पूर्व सिडिओ छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश


काठमाडौं, १७ चैत्र । जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई आज विहानमात्रै काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । जेनजी आन्दोलनताका काठमाडौंको सिडिओको जिम्मेवारीमा थिए । उनले नै करफर्यु जारी गरेका थिए ।