काठमाडौं, चैत १८ । सुदूरपश्चिमका सात स्थानीय तहहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई कामकाजका लागि स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।
सो निर्णयअनुसार मन्त्रालयले बुढीगंगा नगरपालिका बाजुरामा भोजबहादुर ऐडी, शिखर नगरपालिका डोटीमा शेरबहादुर बुढा, दोधाराचाँदनी नगरपालिका कञ्चनपुरमा हरिशचन्द्र जोशी, बुढीनन्दा नगरपालिका बाजुरामा बिनोदकुमार पौडेल, मंगलसेन नगरपालिका अछाममा विष्णुप्रसाद ढुंगाना, बेलौरी नगरपालिका कञ्चनपुरमा खेमराज जोशी र शैल्यशिखर नगरपालिका दार्चुलामा हितप्रसाद पौडेललाई कामकाज गर्न खटाएको छ ।




प्रतिक्रिया