सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिने कार्यमा संलग्न दुईजना पक्राउ



काठमाडौँ, १८ चैत । मध्यपुर थिमी नगरपालिका-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय राधेराधेमा आएका सेवाग्राहीहरूलाई सार्वजनिक सेवा प्रवाहमा प्रभावित पारेर अनावश्यक दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर राधेराधे बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ घर भएकी २९ वर्षीया यम कुमारी श्रेष्ठ र चितवन कालिका नगरपालिका-६ घर भएका ३० वर्षीय सुनिल थापा रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।