काठमाडौँ, १८ चैत । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा बसेको छ।
बैठकले भोलिबाट सुरु हुने अधिवेशनमा सभाको उपाध्यक्ष र समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ ।
बैठकमा सभाको आगामी बैठकको कार्यसूची, सभामा सीट प्लान रहेको जनाएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका माननीय सदस्यहरु, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया