एमाले संसदीय दलको नेतामा बादल निर्वाचित


काठमाडौँ, १८ चैत । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। आज (बुधबार) संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिममा फिर्ता भए।

दलको नेतामा चयन भएका बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।