ललितपुर, १९ चैत । महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गी समेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख ७ हजार ९ सय ७५ रूपैयाँ, ३९ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-७ पाटन सुन्धारास्थित क्याफे एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-७ सुवाल बस्ने ३६ वर्षीय सुमन महर्जन समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ३० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-४ बस्ने ६७ वर्षीय पुष्प राज पन्त लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया