काठमाडौँ, १९ चैत । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई आज दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले उनी पक्राउ परेको र कार्यालय लगिँदै गरेको जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट केही दिनअघि मात्र रोक्का गरेको थियो ।




प्रतिक्रिया