काठमाडौँ, १९ चैत । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह, सरकार र सिङ्गो पार्टीका तर्फबाट भन्दै नेपालमा आफूलाई दलित भनेर चिनाउने समुदायसँग माफी मागेका छन्।
आज (बिहीबार) प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले रोस्ट्रमबाट हात जोडेर माफी मागेका हुन् ।
सरकारको तर्फबाट माफी माग्दै लामिछानेले भने, “यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमायाचनाका साथ केही भन्नु छ। यो सरकार शताब्दिऔँदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दै छ, त्यो पनि यो सदनबाट।”
“आजसम्मको विभेद सामाजिक गल्ती थिएन, सङ्गठित अपराध थियो। यो देश किन बनेन थाहा छ? किनकि जसका हातमा सीप थियो, तिनलाई हामीले अछुत मान्यौँ।”
अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने अवस्था नआउने पनि उनले आश्वासन दिए।




प्रतिक्रिया