काठमाडौँ, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले सरकारलाई जनताको पक्षमा उत्तरदायी बन्न र कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेका छन्। उनले भदौ २३–२४ का जेन्जी आन्दोलनका घटनाहरूको सत्यतथ्य छानबिन आवश्यक रहेको बताए।
सांसद शाहीले भ्रष्टाचारका फाइलहरू सार्वजनिक गर्नुपर्ने, निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्ने, र युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले गैरआवासीय नेपाली संघका सदस्यलाई नागरिकता दिनुपर्ने र कर्णाली प्रदेशमा विकासका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।




प्रतिक्रिया