काठमाडौं, चैत २० । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क लगायत विदेशीमुद्राको मूल्य घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
हिजो विहिबार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीद र १५२ रुपैयाँ चार पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा कायम रहेको थियो ।
आज युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ५५ पैसा र बिक्रीदर २१ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ०९ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९२ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।




प्रतिक्रिया