आजदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल २०२ रुपैयाँ लिटर, अरु कहाँ कति?


काठमाडौं, चैत २० । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो ।

यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६७ रुपैयाँबाट १८२ रुपैयाँ पुगेको छ । यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटि १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६६ रुपैयााँबाट बढेर १८१ रुपैयाँ पुगेको छ ।