काठमाडौँ, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले सभामुखमा मनोनयन दर्ता गराएका छन् ।
अर्यालको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् भने, समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।
सभामुख पदको निर्वाचन चैत २२ गते हुँदैछ । १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित छ । उनले सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।




प्रतिक्रिया