काठमाडौं, २० चैत । चन्द्रागिरी नगरपालिका-७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९३ ट्याब्लेट सहित चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने २६ वर्षीय बिज्ञान महत्तोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले थानकोटबाट गुर्जुधारातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ३०१० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-४ भल्का बस्ने २२ वर्षीय चिरञ्जिवी न्यौपाने र सोही नगरपालिका-२ मोतिपुर बस्ने २० वर्षीय बिज्ञान भण्डारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोहि उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय अर्जुन नाथ योगीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानरगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अजय कुमार राय र ग्रामथान गाउँपालिका-६ बस्ने २३ वर्षीय निरञ्जन माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, कञ्चन गाउँपालिका-५ बरगदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ भगवती टोल बस्ने ३० वर्षीय दुर्गा सुबेदी र सोही गाउँपालिका-४ थकालीचोक बस्ने ३७ वर्षीय महेश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय अमृत कुँवर र कास्की पोखरा महानगरपालिका-२९ पट्नेरी बस्ने ४४ वर्षीय कुशबल गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ८०१ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित सोही नगरपालिका-१० कालिका नगर बस्ने ३४ वर्षीय रबि चन्द्र घर्ति मगरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका-१ सौराहाबाट नियन्त्रित लागूऔषध फेनारगन ७९ एम्पुल र नोर्फिन ७९ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय अमन मन्सुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ८ सय ट्याब्लेट सहित सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय संजय कुमार यादवलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित रोल्पा नगरपालिका-४ लोकतान्त्रिक टोल बस्ने २० वर्षीय खर्कलाल डाँगी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले रा.४ प ५१६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया