काठमाडौं, २० चैत । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा शंकरलाल अग्रवाल पक्राउ परेका छन् । शंकर समूहका अध्यक्ष रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले आज पक्राउ गरेको हो ।
पक्राउ परेका अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले बयान समेत लिइसकेको बताइएको छ । अग्रवाललाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा यसअघि व्यवसायी दीपक भट्टलाई पक्राउ गरिएको थियो ।




प्रतिक्रिया