काठमाडौं, चैत २१ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुखमा दाबी गर्ने भएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले समाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला सांसदलाई उम्मेदवार बनाउन लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९ ?




प्रतिक्रिया