सभामुखको शपथग्रहण शीतल निवासमा, यस्तो छ तयारी


काठमाडौं, चैत २१ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुखले भोली पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सभामुखमा एकल उम्मेदवारी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी) निर्विरोध भएका हुन्। आइतबार बस्ने प्रतिनिधिसभा बैठकले उनको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछ।

सभामुखको शपथ ग्रहण भोली आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ। सभामुखको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन्।

हिजो शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।