काठमाडौं, चैत २१ । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले सरकार गठनसँगै सुरु भएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको अभ्यासप्रति खुसी व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान सरकार गठन भएपछि आफूले विगत केही वर्षदेखि उठाउँदै आएका विषयमा कारबाही सुरु भएको भन्दै खुसी व्यक्त गरेका हुन्।
उनले लेखेका छन् ‘सरकार गठन भएसङै समाननिय प्रधानमन्त्रीज्यु को नेतृत्वमा सुरु भएको भ्रस्टाचार विरुद्धको कामकारबाही र सुशासनको अभ्यास आमजनतामा पनि पक्कै महसुस भएको छ। मैले बिगत केही बर्स देखि उठाउदै आएका मुद्दाहरु मा सरकार बनेसङै कार्वाही सुरु भएकोमा खुसी छु र यो अभियान निरन्तर अगाडी बढाउन सरकारलाई मेरो साथ र पुर्ण समर्थन निरन्तर रहनेछ।सरकारले मात्र परिवर्तन चाहेर हुदैन, आम नागरिकले पनि परिवर्तनको साथ दिनु अत्ति नै आवश्यक छ । यो समयमा सरकार र प्रधानमन्त्रीज्यु को साथमा रहि यो अभियान सफल पार्न हामि सबै नेपाली लाग्नुपर्छ। यो समय नेतृत्वलाई साथ र सहयोग गरेर आगाडी बढ्न सहयोग गरौ।राम्रो कामको पक्षमा सकारात्मक ऊर्जा प्रदान गरौँ।‘
उनले सरकारले मात्रै परिवर्तन चाहेर सम्भव नहुने भएकाले आम नागरिकको सक्रिय साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरेका छन् । अहिलेको नेतृत्वलाई साथ दिएर सुशासनको अभियान सफल बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।




प्रतिक्रिया