कात्तिक १५ को सम्झौता कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ, २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८२ कात्तिक १५ गते भएको सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ। शनिबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो।

सम्झौताअनुसार निजी मेडिकल तथा डेन्टल कलेज तथा अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र आवश्यक सेवा–सुविधा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। तर केही स्वास्थ्य संस्थाले उक्त सम्झौता कार्यान्वयन नगरेको गुनासो समेत आएको छ।

मन्त्रालयले यस विषयमा नियमित अनुगमन गरिने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही गरिने स्पष्ट पारेको छ।