नवनिर्वाचित सभामुख अर्याललाई भट्टराईले दिए बधाइ


काठमाडौँ, २१ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्याललाई बधाइ तथा शुभकामना दिएका छन् ।

उनले भने, “सभामुखको पदले संसद संचालनमा महत्वपूर्ण स्वविवेकीय अधिकारहरू प्रदान गर्ने भएकाले, सर्वोच्च जनप्रतिनिधि संस्था साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बन्ने कि कर्मकाण्डी थलो मात्र बन्ने भन्ने निर्णय सभामुखकै हातमा हुन्छ।”

निर्विरोध सभामुख निर्वाचित भएकोमा बधाई दिँदै उनले भने, “नवगठित प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा श्री डोलप्रसाद (डीपी) अर्याललाई हार्दिक बधाइ तथा शुभकामना!

सभामुखलाई संसद संचालन गर्न थुप्रै स्वविवेकीय अधिकार समेत रहने भएकाले सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने गर्छ। यो कुरा नेपालमा र विश्वभर देखिने गरेको छ।

हँसमुख र मृदुभाषी स्वभावका धनी श्री अर्यालले आफ्नो कार्यकालमा नेपालको विशिष्ठ कालखण्डमा गठित वर्तमान प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउनुहुनेछ भन्ने विशेष शुभेच्छा!”