अभौतिक मुद्राको कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ


काठमाडौँ, २१ चैत । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने चीन घर भएका ३५ वर्षीय Zhu Yi Feng लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी उक्त कार्यामा संलग्न उनलाई काठमाडौं महानगरपालिका-२६ ठमेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रूपैयाँ २३ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।