काठमाडौं, चैत २२ । नेपाली कांग्रेसको नेता रामहरि खतिवडाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई कानुनसम्मत काम गर्नलाई सुझाव दिएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँगको कुराकानीमा उनले प्रतिशोधको आधारमा नभएर कानुनसम्मत काम गरेर अगाडि बढ्न सुझाव दिएका हुन् ।
‘कानुनसम्मत रुपमा संयमित भएर राम्रा काम गर्दै जानुस्, आवेग र उच्छृंखलतामा होइन,’ नेता खतिवडाले थपे, ‘पोजेटिभ एटिच्युडमा भयो भने सबैले पोजेटिभ एटिच्युडमै सहयोग गर्न तयार छन् ।’
साथै उनले पार्टीभित्र एकताको लागि संवादको आवश्यक रहेको बताएका छन् । उनले नयाँ र पुराना सबै नेतालाई सानेपामै बसेर विवाद सुल्झाउनुपर्ने कुरामा जोड दिए ।




प्रतिक्रिया