काठमाडौं, चैत २२ । नेपाली राजनीतिक विश्लेषक डा.केपी शर्माले सरकारलाई पहिला प्रमाण खोजेर मात्रै मान्छे पक्राउ गर्न सुझाव दिएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँगको कुराकानीमा डा.शर्माले सरकारले कुनै पनि व्यक्तिलाई विना प्रमाण पक्राउ गर्न नहुने बताएका हुन् ।
‘अहिलेको सरकार आत्तिन्नु पर्दैन,धेरै हतार गर्नु पर्दैन । सोचेर,विचार गरेर कुनै पनि मान्छेलाई पहिला थुन्ने अनि पछाडि प्रमाण खोज्ने भन्दा पनि पहिला प्रमाण खोजेर चाँही थुन्नुपर्यो ’ डा.शर्माले भने ‘कुनै मान्छे भाग्छ लाग्छ भनेमात्रै अर्जेन्ट एरेस्ट गरेको राम्रो हुन्छ । नभए पहिला प्रमाण खोजेर यो मान्छे पक्रिदा ठिक हुन्छ भनेचाँही पक्रिनुपर्छ ,कमसेकम पक्राउ गरिसकेको मान्छे अदालतबाट नछुटोस् ।’
उनले प्रमाण नपुर्याइ पक्राउ गर्दा अदालतबाट छुट्ने भएकोले प्रमाण पुर्याएर मात्रै पक्रनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया