काठमाडौं, २२ चैत । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले आजदेखि आफ्ना विद्यमान शेयरधनीका लागि १०० प्रतिशत हकप्रद शेयर निष्काशन खुला गरेको छ।
कम्पनीले चैत २२ गतेदेखि वैशाख १३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।कम्पनीले हालको चुक्ता पूँजी ४० करोड रुपैयाँ बराबरकै १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसबाट कम्पनीको चुक्ता पूँजी ४० करोडबाट बढेर ८० करोड रुपैयाँ पुग्नेछ।
हकप्रद शेयरका लागि आवेदन दिन योग्य शेयरधनी निर्धारण गर्न कम्पनीले फागुन १ गते बुक क्लोज गरेको थियो। सो मितिभन्दा अघि कायम रहेका शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा NIC Asia Capital Limited रहेको छ। कम्पनीले ऊर्जा क्षेत्रमा आफ्नो लगानी विस्तार तथा वित्तीय संरचना मजबुत बनाउन हकप्रद शेयर निष्काशन गरेको जनाएको छ।




प्रतिक्रिया