काठमाडौं, चैत २२ । महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपरी काम गर्न सुझाव दिएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वतन्त्र सांसद पुनले विगतमा पार्टी र शीर्ष नेतृत्वको हस्तक्षेपका कारण गृहमन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको बताए ।
‘गृहमन्त्रीले अब कसैको पनि दबाबमा पर्नु भएन, राम्रो काम गर्नुपर्यो,’ उनले भने, ‘अपराधिक कार्यमा संलग्न जोसुकै भए पनि तदारुकताका साथ कारबाहीको दायरामा ल्याउनुपर्छ।’
सांसद पुनले देशको हित र सुशासनका पक्षमा हुने हरेक सकारात्मक काममा आफ्नो समर्थन रहने तर गलत कार्यको सधैँ विरोध गर्ने समेत बताए।




प्रतिक्रिया