महान्यायाधिवक्तामा डा. कँडेल नियुक्त


काठमाडौं, २२ चैत । सरकारले महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेसँगै उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् । कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरीसकेका छन् ।

उनी पत्रकार महासंघ (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ) धौलागिरी शाखाको सभापति पनि थिए । विसं २०५८ देखि २०६० सम्म धौलागिरी शाखाको सभापति थिए ।