सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौँ, २२ चेत । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार अनुसन्धानको लागी अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आज (आइतबार) पक्राउ गरिएको थियो ।

उनलाई बयानका लागि नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् ।