काठमाडौं, २२ चैत । बलात्कारको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आज (आइतबार) सरकारी वकिलको कार्यालयमा बयानको लागि बलेलाई उपस्थित गराइएको थियो ।
त्यसपछि उनलाई अदालतमा म्यादका लागि उपस्थित गराइएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो । बलेलाई अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया