काठमाडौं, २२ चैत । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय सही र वैज्ञानिक रहेको बताएका छन् । मन्त्रिपरिषद् बैठकले आज (आइतबार) शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सरकारको निर्णयप्रति आफ्नो धारणा सार्वजनिक गर्दै डा.भट्टराईले भनेका छन्, ‘कार्यालय समय ९ ५ बजे र शनिबार आइतबार विदा गर्ने वर्तमान सरकारी निर्णय सही र वैज्ञानिक छ।’
यो निर्णय पेट्रोलियम पदार्थको अभावको कारण अस्थायी रूपमा लागू गर्ने मात्र नभएर वार्षिक विदा र क्यालेण्डर (पात्रो) मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागू गर्नु सबे हिसाबले राम्रो र उपयोगी हुने डा.भट्टराईको भनाइ छ ।




प्रतिक्रिया