संसद् सञ्चालनमा सहमति जुटाउन सर्वदलीय बैठक बस्दै


काठमाडौं, चैत २३ । ससद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न अहिले बिहान ११ बजे सर्वदलीय बैठक बस्न लागेको हो । बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ।

बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी रहेको छ । आजको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुनेछ।