मन्त्रिपरिषद् र संसद आज एकै समयमा


काठमाडौं, चैत २४ । मन्त्रिपरिषद्को बैठक दिउँसो १ बजे बस्ने भएको छ । सिंहदरबारमा मंगलबार दिउँसो १ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । बैठकका एजेन्डा सार्वजनिक भएको छैन । 

त्यस्तै प्रतिनिधिसभाको बैठक पनि आजै दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।