काठमाडौं । नेपाली काँग्रेसका नेता सन्दीप रानाले सरकारको प्रत्येक कदमप्रति आफ्नो पार्टीको पूर्ण रुपमा साथ रहेको प्रष्ट पारेका छन् । मंगलबार नेपाली बहसका लागि पत्रकार खेम बमसँग कुराकानी गर्दै प्रतिनिधि सभाका सदस्यसमेत रहेका नेता रानाले सो कुरा बताएका हुन् । उनले गत भाद्रमा भएको जेनजी बिद्रोहबारे निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘भदौं २३ को मात्र होईन भर्दौ २४ र २५ को पनि छानबिन हुनुपर्छ सरकारले कसैलाई पनि अन्याय नगरि छानबिन गर्नुपर्छ । प्राकृतिक न्यायको सिद्धान्त लागू हुनुपर्छ । विधिको शासन लागू हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं । सरकारले कानूनलाई हातमा लिने काम नगरोस् भन्ने हाम्रो कुरा छ । सरकारले गरेको कुनै पनि काममा जनताले प्रश्न गर्नुपर्ने अवस्था नआओस् भन्ने हामी चाहान्छौं’ उनले भने ।
फरक प्रसंगमा सांसद रानाले सरकार र जिम्मेवार नागरिकले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिनुपर्ने र विगतका सबै भ्रष्टाचारका काण्ड छानबिन गर्नुपर्ने बताए । ‘सरकारले सबै चर्चित भ्रष्टाचारको छानबिन गरोस् । त्यसमा पूर्वाग्रही भावना नराखिओस् । सरकारले संविधानको पूर्णरुपमा पालना गरोस् । सरकाले कसैमाथि प्रतिशोध राख्ने काम नगरोस् । यो देशको कानूनले नमान्ने कुरा सरकारले गर्नु हुँदैन भन्नेमा हामी प्रष्ट छौं’ उनले भने ।




प्रतिक्रिया