काठमाडौं, २४ चैत । ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा प्रहरीले खानतलासी लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओली निवासमा गएराति खानतलासी लिएको बताइएको छ ।
सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेलगत्तै ओली निवासमा भएको खानतलासीलाई विशेष चासोको रुपमा हेरिएको छ । थप केही प्रमाण फेला पारेर ओलीलाई अर्को मुद्दामा थुन्न सकिन्छ कि भन्ने नियतले खानतलासी लिइएको हुन सक्ने एमालेका एक नेताले बताए ।




प्रतिक्रिया