काठमाडौं । असिम साहको नेतृत्वमा सरकारले गठन गरेको संविधान संशोधन कार्यदलमा सत्तारुढ दल रास्वपाले सांसद समेत रहेका अधिवक्ता मोहनलाल आचार्यलाई पठाएको छ ।
प्रधानमन्धी बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार रहेका शाहको नेतृत्वमा सरकारले कार्यदल गठन गरेको थियो । त्यही कार्यदलका लागि रास्वपाले कपिलवस्तु–१ बाट निर्वाचित सांसद आचार्यलाई पठाएको हो । चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको बहस पत्र तयार गर्न कार्यदल गठन गरेको थियो।
रास्वपाले प्रतिनिधि पठाए पनि अन्य दलले भने हालसम्म सो कार्यदलमा कुनै पनि सदस्य पठाएका छैनन् । सरकारले गठन गरेको सो कार्यदलमा सबै राजनीतिक दलको सहभागीता रहने भनिएको छ । यद्यपी कार्यदलका संयोजक साहको विगतको पृष्ठभूमिलाई लिएर विभिन्न दलले प्र्रश्न उठाइरहेका छन् । कुनै बेला पूर्व राजा ज्ञानेन्द्रनिकट रहेको आरोप साहमाथि लाग्दै आएको छ ।




प्रतिक्रिया