काठमाडौं, २५ चैत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्यबाट राजीनामा दिएका पूर्वमन्त्री सुदन किरातीले आफू हाल कुलिङ पिरियडमा रहेको बताएका छन् । प्रलोपाबाट राजीनामा दिएका किराती श्रम संस्कृति पार्टीमा जाने भन्ने चर्चा पनि चुलिएको छ ।
किराती भने अहिले आफू कलिङ पिरियडमा रहेको र कुनै दलमा आवद्ध हुने निर्णय नभइसकेको बताउँछन् । किरातीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँग छलफल भएको भने पुष्टि गरे । उनले अहिले कुनै दलमा आवद्ध हुने निर्णय नभइसकेको र अन्ततः श्रम संस्कृति पार्टीमा रहेर काम गर्ने सम्भावना भने बलियो रहेको बताए ।
‘प्रलोपाबाट राजीनामा दिएपछि अहिले म कुलिङ पिरियडमा छु । कुनै दलमा आवद्ध हुने निर्णय भइसकेको छैन । यद्यपि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँछ छलफल भएको भने हो,’ उनले भने ।




प्रतिक्रिया