विदेशमा रहेका देउवा र राणाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं, २५ चैत । नेपाली कांग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी लिएको स्रोतले पुष्टि गर्यो ।

निर्वाचनको संघारमा सिंगापुर हुँदै हङकङ पुगेका देउवा दम्पत्तीको सम्पत्तिमाथि अनुसन्धान गर्न पक्राउ पुर्जी लिएको बताइएको छ । देउवा दम्पत्तिलाई रेड कर्नर नोटिस जारी गरेर पक्राउ गर्न तयारीसम्मको तयारीमा सरकार अगाडि बढेको स्रोतको दाबी छ ।