काठमाडौं, २५ चैत । वरिष्ठ पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले वर्तमान सरकारले नेपाल-भारत सम्बन्ध सुमधुर बनाउन आवश्यक रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिमा मुलुकलाई अगाडि बढाउन र नेपालमा विदेशी लगानी भित्र्याउन भारत, चीन लगायतका देशसँग सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्ने बताएका हुन् ।
‘नेपाल भारत सम्बन्ध राम्रो बनाएर, आर्थिक कूटनीतिमा मुलुकलाई अगाडि लिएर जान भारतसँग सहकार्य, सहयात्रा र सुमधुर सम्बन्धको आवश्यकता छ । नेपालमा लगानीकर्ताहरुलाई उत्साहित गरेर, लगानीकर्तालाई भित्र्याएर देशको विकास र समृद्धिमा नयाँ आयम थप्नुछ,’- उनले भने ।
लगानीकर्ताहरुलाई नेपालमा लगानी सुरक्षित छ, नेपालमा लगानी गर्दाखेरी कुनै समस्या आउँदैन भन्ने सन्देश सरकारले दिन आवश्यक रहेको धमलाले बताए । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अहिलेको नेतृत्वले गम्भीर भएर परराष्ट्र नीतिमा सन्तुलन कायम गर्नुपर्ने उनले बताए ।




प्रतिक्रिया