काठमाडौं । श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गर्न सिफारिस गरेका रास्वपाका सभापति रवि लामिछानेले स्वास्थ्यमन्त्री निशा मेहतालाई पनि सचेत गराएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेख्दै रविले साहलाई पदमुक्त गर्न र मेहतालाई सचेत गराउन भनेका हुन् । ‘पार्टीको विधानको धारा २५(४) ९(क)ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारी अलग गर्नका साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु’ लामिछानले बालेनलाई लेखेको सिफारिस पत्रमा उल्लेख छ ।
साहको विगतदेखि नै विवादित छवि रहेको र अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको भन्दै साहलाई मन्त्रीबाट हटाईएको हो ।




प्रतिक्रिया