काठमाडौं, २७ चैत । नेपाली कांग्रेसले पार्टी पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन आग्रह गरेको छ । गण्डकीको समिक्षा बैठक पोखरामा उपसभापति विश्वप्रकाश शर्माले देउवालाई नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन आग्रह गर्दै सन्देश पठाइएको बताए ।
“देश फर्किएर कानुनी प्रक्रियालाई सघाउन निवर्तमान सभापति शेरबहादुर देउवा र डा आरजु देउवालाई पार्टीको सुझाव छ l उहाँहरु समक्ष पार्टीको यो सन्देश हामीले पठाइ सकेका छौं,” उपसभापति शर्माले भने ।
साथै, कुनै पनि पूर्वाग्रह नराखेर अनुसन्धान र ब्यवहार गर्न सरकारलाई कांग्रेसले आग्रह गरेको पनि उपसभापति शर्माले बताए ।




प्रतिक्रिया