काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडा दर समायोजन गरेको छ । शुक्रबार(आज) बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीको सहमतिमा प्रदेशभित्रका सहर–बस्तीमा सञ्चालन हुने सार्वजनिक यातायातको लागि भाडा समायोजन गरेको हो ।
प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर प्रदेश सरकारले नै तोक्ने व्यवस्था छ । यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।
विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९/०१/०१ देखि लागू गरिएको पुरानै भाडा दर कायम रहने मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया