काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लक्षित टिप्पणी गरेका छन् । उनले लोकप्रियतावाद र अराजकताको जगमा उभिएकाहरूको भविष्य संकटमा रहेको बताएका छन् ।
रवि–बालेन्द्रबीचको आन्तरिक द्वन्द्वलाई सङ्केत गर्दै नेता पोखरेलले विचार नमिल्नेहरूबीच स्वार्थको टकराव आउनासाथ विग्रह हुने बताए । उनले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना गरे ।
‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराब सुरु हुनासाथ विग्रह आउँछ । जुन शक्ति जति तीव्रताका साथ उदाउँछ, त्यसको पतन पनि उति नै छिटो हुन्छ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ,’ उनले भने ।
नेता पोखरेलले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदमको भण्डाफोर गर्न सांसदहरूलाई आह्वान समेत गरे ।




प्रतिक्रिया