काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दलगत विद्यार्थी संगठन खारेज गर्ने सरकारको योजनामा विमत्ति जनाएको छ ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो । उक्त निर्णयप्रति राजनीतिक दलका संगठनहरूले आपत्ति जनाउँदै आएका छन् ।
यसैबीच नेकपाले पनि यो विषय बेठिक भएको बताउँदै यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको निष्कर्ष निकालेको हो ।




प्रतिक्रिया