होटल व्यवसायी महासङ्घ पाँचौँ महाधिवेशन:शंकर भण्डारी अध्यक्षमा निर्वाचित


काठमाडौँ । होटल व्यवसायी महासङ्घ नेपालको पाँचौँ महाधिवेशनबाट शंकर भण्डारी निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

अधिवेशनबाट सिङ्गो कार्यसमिति निर्विरोध निर्वाचित भएपछी अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासङ्घलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ ।