राष्ट्रियसभाका अध्यक्ष दाहाल र राष्ट्रपतिबीच भेटघाट, के भयो कुराकानी ?


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।

भेटमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषय जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।